एसिया कप फुल कन्ट्याक्ट करातेमा नेपाललाई स्वर्ण पदक
काठमाडौं । काठमाडौंमा सम्पन्न प्रथम एसिया कप खुल्ला अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता–२०२० को खुल्ला तौल समूहतर्फ नेपालका मञ्जु बिक तथा सन्देश मानन्धरले स्वर्ण पदक जितेका छन् । प्रतियोगिताको खुल्ला तौल समूह महिला तथा पुरुष स्वर्ण पदक विजेता खेलाडीलाई नगद १–१ लाख रुपियाँ प्रदान गरिएको थियो । प्रतियोगिताको खुल्ला तौल समुह (पुरुष) अन्तर्गत नेपालका शनि शिं सुनारले रजत तथा रेगन श्रेष्ठले कास्य पदक जित्न सफल भए भने खुल्ला तौल समूह (महिला) तर्फ भारतकी सुप्रिता विश्वकर्माले कास्य तथा नेपालकी बिनिता भण्डारीले रजत पदक जित्न सफल भइन् ।